सीके भन्छन्- सरकारमा जाने हतारो छैन, बजेट पास भएपछि निर्णय हुन्छ « Khabarhub

सीके भन्छन्- सरकारमा जाने हतारो छैन, बजेट पास भएपछि निर्णय हुन्छ


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले संघीय सरकारमा जान हतारमा नरहेको बताएका छन् ।

मंगलबार खबरहबसँग कुरा गर्दै राउतले बजेट पास भएपछि मात्रै जनमत पार्टी केन्द्र सरकारमा जाने-नजानेबारे छलफल हुने बताए ।

आफू सरकारमा जाने या साथीहरूलाई पठाउने कुरा पनि बजेट पास भएपछि मात्रै निर्णय गर्ने उनले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राउतको विज्ञतालाई ख्याल गरेर परराष्ट्र मन्त्रालय दिने गरी सत्ता गठबन्धनमा छलफल गरिरहेका छन् ।

‘अहिले हामी मधेश प्रदेश सरकारमा छौं । केन्द्रको विषयमा बजेटका कारण छलफल हुन पाएको छैन’, उनले भने, ‘बजेट पास भएपछि मात्रै थप कुरा हुन्छ । म आफैंलाई मन्त्री भएर सरकारमा जान कुनै हतारो छैन ।’

उनले बजेट पास नभएसम्म सरकारमा जानेबारेमा कुनै छलफल नहुने बताए । उनले थपे, ‘पार्टीमा छलफल गरेर साथीहरू जान सक्नु हुन्छ । मैले आफ्नैबारे कुनै चासो व्यक्त छैन ।’

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव पनि अध्यक्ष सीके राउतलाई परराष्ट्र मन्त्रीमा पठाउनेबारे सत्ताधारी दलहरूसँग कुनै छलफल नभएको बताए ।

उनले भने, ‘विज्ञताको हिसाबले प्रधानमन्त्रीले चाहना गर्नु भएको होला तर यसबारे सत्ता साझेदार दलहरूसँग कुनै छलफल भएको छैन ।’

अहिले मधेश प्रदेशका जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री भइसकेका छन् । यस्तोमा सीकेले मधेशमै नतिजा निस्किने गरी काम गर्ने योजना बनाइरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : २४ बजे

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन

चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने

काठमाडौं– नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लास्टिकमुक्त क्षेत्र

राजनीतिक दलमा युवालाई कार्यकर्ता र दास ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई