सीके भन्छन्- सरकारमा जाने हतारो छैन, बजेट पास भएपछि निर्णय हुन्छ « Khabarhub

सीके भन्छन्- सरकारमा जाने हतारो छैन, बजेट पास भएपछि निर्णय हुन्छ


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले संघीय सरकारमा जान हतारमा नरहेको बताएका छन् ।

मंगलबार खबरहबसँग कुरा गर्दै राउतले बजेट पास भएपछि मात्रै जनमत पार्टी केन्द्र सरकारमा जाने-नजानेबारे छलफल हुने बताए ।

आफू सरकारमा जाने या साथीहरूलाई पठाउने कुरा पनि बजेट पास भएपछि मात्रै निर्णय गर्ने उनले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राउतको विज्ञतालाई ख्याल गरेर परराष्ट्र मन्त्रालय दिने गरी सत्ता गठबन्धनमा छलफल गरिरहेका छन् ।

‘अहिले हामी मधेश प्रदेश सरकारमा छौं । केन्द्रको विषयमा बजेटका कारण छलफल हुन पाएको छैन’, उनले भने, ‘बजेट पास भएपछि मात्रै थप कुरा हुन्छ । म आफैंलाई मन्त्री भएर सरकारमा जान कुनै हतारो छैन ।’

उनले बजेट पास नभएसम्म सरकारमा जानेबारेमा कुनै छलफल नहुने बताए । उनले थपे, ‘पार्टीमा छलफल गरेर साथीहरू जान सक्नु हुन्छ । मैले आफ्नैबारे कुनै चासो व्यक्त छैन ।’

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव पनि अध्यक्ष सीके राउतलाई परराष्ट्र मन्त्रीमा पठाउनेबारे सत्ताधारी दलहरूसँग कुनै छलफल नभएको बताए ।

उनले भने, ‘विज्ञताको हिसाबले प्रधानमन्त्रीले चाहना गर्नु भएको होला तर यसबारे सत्ता साझेदार दलहरूसँग कुनै छलफल भएको छैन ।’

अहिले मधेश प्रदेशका जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री भइसकेका छन् । यस्तोमा सीकेले मधेशमै नतिजा निस्किने गरी काम गर्ने योजना बनाइरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : २४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको