अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण, गुमाइन् दुवै कानको सुन्ने क्षमता « Khabarhub

अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण, गुमाइन् दुवै कानको सुन्ने क्षमता


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


35k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड जगतकी चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण भएको छ । यहीकारण यी चर्चित गायिकाले सुन्ने क्षमता गुमाएकी छन् । यो कुराको पुष्टि उनी आफैंले इन्स्टाग्राममार्फत मंगलबार गरेकी छन् ।

अलकाले आफ्नो समस्याबारेमा जानकारी दिँदै फ्यान र साथी कलाकारहरूलाई चर्को आवाज र संगीतबाट टाढै रहन भनेकी छन् ।

९० को दशकदेखि बलिउडका कयौँ चर्चित र सदाबहार गीतमा आवाज दिइसकेकी अलका याग्निकलाई एक दुर्लभ न्यूरो संक्रमण देखिएको हो । इन्स्टाग्राममा उनले एक पोस्टमार्फत अब आफूले सुन्न छाडेको बताएकी छन् ।

अलकाले आफूलाई भाइरल ज्वरोले आक्रमण गरेपछि यो समस्या सुरु भएको बताएकी छन् । एक दिनभरको उडानपछि बाहिर आइसकेपछि आफ्नो सुन्ने क्षमता गुमेको जानकारी उनले दिएकी छन् ।

इन्स्टाग्राममा यस समस्याबारे बताउँदै उनले लेखेकी छन्, ‘मेरा सबै फ्यान, साथी, फलोअर र शुभचि‍न्तहरू केही साताअघि जब म एक उडानबाट बाहिर निस्किरहेकी थिएँ तब मलाई लाग्यो मैले सुन्न सकिरहेकी छैन । यस तनावबाट गुज्रिएको एक सातापछि थोरै हिम्मत जुटाएर म यो सन्देश लेख्दैछु । म कहीँ हराएँ, बेपत्ता भएँ भन्ने मेरा साथी र शुभचिन्तकका लागि मौनता तोड्दैछु ।’

उनले आफ्नो सांगीतिक करिअरका क्रममा २१ हजारभन्दा धेरै गीत रेकर्ड गराएकी छन् । ९० को दशकदेखि निरन्तर उनी भारतीय संगीत जगतमा छाइरहेकी गायिका हुन् ।

 

View this post on Instagram

 

A post shared by Alka Yagnik (@therealalkayagnik)

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ५१ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम