बेनी-दरबाङ सडक कालोपत्र, स्थानीयलाई सहज « Khabarhub

बेनी-दरबाङ सडक कालोपत्र, स्थानीयलाई सहज


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– बाटो पुगेको (ट्र्याक खुलेको) दुई दशकपछि म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसम्म सडक  कालोपत्र भएपछि बाबियाचौरदेखि म्याग्दीको सदरमुकाम बेनीबजार २० मिनेटमा पुग्न सकिने भएको छ ।

२४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको बेनीदेखि बाबियाचौरसम्मको १७ किलोमिटर सडक कालोपत्र भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । सडक कालोपत्र नहुँदा बाबियाचौरदेखि बेनी पुग्न डेढघण्टा लाग्ने गर्दथ्यो । सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका बासिन्दा लाभान्वित भएका छन् । दरबाङसम्म कालोपत्रको काम छिटो सम्पन्न गराउन निर्माण कम्पनीलाई दबाब दिन स्थानीयले माग गरेका छन् ।

विसं २०६३ मा ट्रयाक खुलेको बेनी –दरबाङ सडक अन्तरगतको बेनी–बाबियाचौर खण्ड कालोपत्र भएको हो । दुई वर्षअघि बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका–२ सिममा पुगेको कालोपत्र सडक यसवर्ष पूर्वाधार विकास कार्यालयले विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुँदै रणवाङको सिमानामा पुर्‍याएको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठसय मिटर सडक कालोपत्र गर्न विसं २०७८ पुस १८ गते अमर–ओमबुद्ध जेभीसँग रु दश करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो । बेनी–दरबाङ सडकको आठ किलोमिटर खण्ड कालोपत्र गर्न बाँकी रहेको छ । 

बेनी–दरबाङ सडक आयोजना अन्तरगत तेस्रो खण्ड रणबाङ–दरबाङ (करिबकिमि) को कालोपत्र योजनाको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । सडकको बाँकी अन्य खण्डको कालोपत्र भइसकेको अवस्थामा पूर्वाधार कार्यालयबाट केही रकम निकासा भएपछि बेपत्ता भएका हुन् ।

 ठेकेदारले विभिन्न बाहना र शक्ति केन्द्रको पहुँच देखाउँदै आएका स्थानीयले बताएका छन् । यो सडक कालोपत्र आयोजनाको ठेक्का बिरुवा–क्याराभान जेभीले विसं २०७६ जेठ ३१ लिएको थियो । 

ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासीले सास्ती पाउने गरेका छन् ।

मंगला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ६.८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ०५ बजे

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा

बढ्दै औलोको सङ्क्रमण

चितवन- चितवन जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

मुस्ताङ– कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ

सुदूरपश्चिममा औलो सङ्क्रमण : निवारणको लक्ष्यप्राप्ति चुनौतीपूर्ण

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ पुनः बढ्न थालेको छ ।

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा