भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै | Khabarhub Khabarhub

भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालकै पहिलो १ सय दिनभित्र दुई मुलुकबीच स्वतन्त्र व्यापार सम्झौता हुने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रधानमन्त्री मोदीले यस सम्झौतासँगै दुई मुलुकबीचको रणनीतिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरिएको बताए । अन्तिम सम्झौताअघि यसबारे पुनरावलोकन गर्न भारतीय वाणिज्यमन्त्री पियूष गोयललाई जिम्मा दिइएको छ ।

प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको अन्त्यतिर यस सम्झौताबारे छलफल सम्पन्न भएको छलफलमा संलग्न दुई जना अधिकारीले बताए । यस सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको र दुबै पक्ष सहमत भए चाँडै यसबारे टुंगो लाग्ने छ ।

हालैमात्र भारतले आइसल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड र लिच्टेन्स्टाइनसहित ४ युरोपेली मुलुकसँग यस किसिमको सम्झौता गरेको छ । यस सम्झौतासँगै ती ४ मुलुकले भारतमा १ खर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसबाट भारतमा आगामी १५ वर्षमा १० लाख प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ४३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’