प्रहरीले लखेटेपछि सडकभरि कवाडी व्यवसायीका चप्पल (तस्बिरहरू) « Khabarhub

प्रहरीले लखेटेपछि सडकभरि कवाडी व्यवसायीका चप्पल (तस्बिरहरू)


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन गरिरेका कवाडी व्यवसायीहरू मंगलबार कमलादीको सडक क्षेत्रमा उत्रिए ।

व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीहरूले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेर्न खोजेका थिए ।

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रमा विरोध जनाउँदै कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका थिए ।

उनीहरूले मंगलबार महानगरपालिकाको कमलादीस्थित कार्यालय घेराउ गरे । कवाड व्यवसायीहरूले दरबारमार्गदेखि कमलादी सडक क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्‍यो ।

उनीहरूमाथि प्रहरीले धरपकड गर्दै लाठी हानेपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए । प्रहरीले पानीको फोहरा हान्ने गाडीसमेत उतारेको थियो ।

प्रहरीले धरपकड गरेपछि भाग्ने क्रममा प्रदर्शनकारीका चप्पल-जुत्ता सडकभरि असरल्ल छरिएका छन् । प्रहरीको लाठीबाट जोगिन उनीहरूले छाडेका चप्पल साँझसम्म सडकै छरपस्ट भेटिए ।

तस्बिरहरू : ज्ञानु घिमिरे

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : २६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्