महिला एसिया कप : शुक्रबार पहिलो खेलमा नेपालको प्रतिस्पर्धा यूएईसँग « Khabarhub

महिला एसिया कप : शुक्रबार पहिलो खेलमा नेपालको प्रतिस्पर्धा यूएईसँग


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । तीन साता अगाडि एसिया कपको तयारीका लागि श्रीलंका पुगेको नेपाली टिमले तीन वटा अभ्यास खेल खेलेको छ । तीनमा दुई हार र एक जित निकालेके नेपाली टिमले राम्रो तयारी गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।

प्रतियोगितामा आठ टोलीको सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ।

नेपाली महिला एसिया कप टोलीको नेतृत्व क्यानले इन्दु बर्मालाई दिएको छ। बर्मा कप्तान रहेको टोलीमा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

अभ्यासमा दुई हार, एक जित
श्रीलंकामा भएको अभ्यास खेलमा नेपालले दुई खेलमा पराजय भोगेको छ। पहिलो खेलमा श्रीलंका डेभलपमेन्टसँग ३३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा चार विकेटले स्तब्ध भएको हो। तेस्रो खेलमा भने नेपाल २ रनले विजयी भयो ।

पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको श्रीलंका डेभलपमेन्टले आठ विकेटको क्षतिमा ११८ रन बनाएको थियो। पानी परेपछि १५ ओभरमा झारिएको खेलमा नेपालले ९६ रनको लक्ष्य पाएको थियो। नेपाल पूरै १५ ओभर खेल्दै ९ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सक्यो।

दोस्रो अभ्यास खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०६ रन बनाएको थियो। १०७ रनको चुनौती श्रीलंका डेभलपमेन्टले एक बल बाँकी हुँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो।

तेस्रो खेलमा नेपाल २ रनले विजयी भयो । सुरुमा ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो। ११३ रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलपमेन्ट एक बल खेल्न बाँकी हुँदा ११० रन बनाएर अलआउट भएको थियो ।

नेपालको प्रतिस्पर्धा भारत, पाकिस्तान र यूएईसँग
नेपालले प्रतियोगितामा पहिलो खेल साउन ४ गते यूएईसँग खेल्नेछ। यो खेल श्रीलंकाको डम्बुलामा हुनेछ। नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ।

नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ६ : १५ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा