चीनको एक सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु « Khabarhub

चीनको एक सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

चीनको सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार साँझ भएको घटनामा ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ ।

आगो नियन्त्रणका लागि रातभर लागेको थियो । आगलागीको खास कारण भने खुल्न नसकेको बताइएको छ ।

चीनको सरकारी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित फुटेजमा १४ तले भवनमाथि बाक्लो कालो धुवाँ उडिरहेको देखाइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ९ : २७ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्