प्राकृतिक विपत्तिबाट कोशीमा ७७ जनाको मृत्यु | Khabarhub Khabarhub

प्राकृतिक विपत्तिबाट कोशीमा ७७ जनाको मृत्यु


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।

प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएको कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए ।

यसैगरी प्रदेशका विभिन्न एक हजार सात सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र एक सय ३४ जना घाइते भएका छन् ।

प्रवक्ता दाहालका अनुसार जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको तथा ५७ जना घाइते भएको, चट्याङ लागेर १३ जनाले ज्यान गुमाएका तथा ३६ जना घाइते भएका छन् ।

यसैगरी चार सय ९६ स्थानमा पहिरो खस्दा नौजना पुरिएका र २० जना घाइते भएका छन् । एक वर्षमा प्रदेशभर सात हजार नौ सय आठवटा चौपाया मरेका घटना अभिलेखीकरण भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १० : ३५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास