यामलाल कँडेल : गरिब प्रदेशका धनी मुख्यमन्त्री, यस्तो छ सम्पत्ति विवरण « Khabarhub

यामलाल कँडेल : गरिब प्रदेशका धनी मुख्यमन्त्री, यस्तो छ सम्पत्ति विवरण


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

मुख्यमन्त्री कँडेलसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री कँडेल धनी देखिएका छन् । उनले आफ्नो र श्रीमतीको नाममा पर्याप्त सम्पत्ति जोडेको विवरणले देखाएको छ ।

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री कँडेलले काठमाडौं र सुर्खेतको वीरेन्द्रनगरमा दुईवटा घर रहेको खुलाएका छन् ।

उनले श्रीमती गीता अधिकारी कँडेलको नाममा विभिन्न ५ ठाउँमा जग्गा रहेको पनि जनाएका छन् ।

कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका-४ स्थित कित्ता नम्बर १५२ मा रहेको ०-३-१२-३/४ वर्गमिटरको घर छ ।

श्रीमती गीताको नाममा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित १९० वर्गमिटरमा फैलिएको घर छ । उक्त घर पुख्यौंली सम्पत्ति बेचेर २०५७ सालमा किनेको सम्पत्ति विवरणमा उल्लेख छ ।

कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका–९ मा ०.८.१४ वर्गमिटर र गीताको नाममा वीरेन्द्रनगर-१० मा ०.१.८.२, वडा नम्बर ४ मा ०.०.१८ र ०.०.१३.१९ वर्गमिटर जग्गा छ ।

श्रीमती गीतकै नाममा काठमाडौंको गोठाटारमा आठआना जग्गा रहेको विवरणमा उल्लेख छ । चल सम्पत्तिमा कँडेलसँग १० तोला सुन रहेको छ । उक्त सुन केही पुर्ख्यौली र केही किनेको बताइएको छ ।

कँडेल र श्रीमती गीताका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ बचत छ । एभरेष्ट बैंक काठमाडौंमा १ लाख २४ हजार २३७.६४ रुपैयाँ कँडेलको नाममा बचत छ । एनआईसी एशिया बैंकमा ३ लाख २४ हजार २५६ रुपैयाँ बचत र १२ लाख मुद्दती खातामा रहेको कँडेलले जनाएका छन् ।

कँडेलले ललितपुरको क्यारिना सहकारीमा १ लाख १५ हजार १५३ रुपैयाँ बचत गरेका छन् । पिपलबोट सहकारीमा ७५ हजार ३२२ रुपैयाँ बचत छ । राष्ट्रिय वाणिज्य बैंकमा २५ हजार, जनहितकारी सहकारी संस्थामा ८० हजार ९० रुपैयाँ बचत रहेको कँडेलले लेखेका छन् ।

श्रीमती गीताको नाममा ग्लोबल आईएमई बैंकमा १ लाख ९० हजार ३०५, जनहितकारी सहकारीमा १ लाख ६३ हजार ७८३, क्यारिना सहकारी ललितपुरमा १ लाख ३० हजार ६३७, लक्ष्मी विकास बैंकमा ८ लाख ७ हजार र पिपलबोट सहकारी संस्थामा ७८ हजार ७०६ रुपैयाँ बचत रहेको उल्लेख छ ।

त्यो सबै रकम पारिश्रमिक, घरभाडा, बोनस, सापटी फिर्ता लगायतबाट जोडेको मुख्यमन्त्री कँडेलले जनाएका छन् । कँडेलले श्रीमतीको पेशाबारे खुलाएका छैनन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएको जनाएका छन् ।

उनले २ वटा मोबाइल, एक थान ल्यापटप, २ वटा घडी र एकथान ट्याब रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १ : ३६ बजे

पर्यटक लोभ्याउने जिरीका चिमाल र गुराँस !

दोलखा– यतिबेला जिरीका वनजङ्गल मौसमी तथा बेमौसमी गुराँस जातका चिमाल र

टोखामा धूमधामसँग मनाइयो बिस्का : जात्रा

काठमाडौं– टोखामा बिस्का: जात्रा मनाइएको छ । भक्तपुरमा जस्तै यहाँ

उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन

मुख्यमन्त्री-प्रधानमन्त्री भेट : तीनै तहको सरकारबीच समन्वयबारे छलफल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् 

आर्थिक गणनाका लागि खटाइयो गणक

चितवन– आर्थिक गणनाका लागि जिल्लामा १३३ गणक खटिएका छन् ।