चिनियाँ राजदूत र उपप्रधानमन्त्री सिंहबीच भेट « Khabarhub

चिनियाँ राजदूत र उपप्रधानमन्त्री सिंहबीच भेट


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बिहीबार भेटवार्ता भएको छ ।

भेटमा चीनका तर्फबाट राजदूतले उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिए ।

त्यस्तै भेटमा नेपाल र चीनबीचमा शहरी विकासको क्षेत्रमा के-के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

‘नेपाल र चीनबीच शहरी विकासको क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुन सक्छ । अहिले के भइरहेको छ भन्नेबारे सामान्य समीक्षा भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौं । स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौं भनेर कुरा गर्‍यौँ ।’

ट्राफिक बत्ती, सडक सुरक्षा जस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भएको गेलाले बताउ । ‘हामीले चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० शहर बनाउने भनेका छौँ’, उनले भने, ‘त्यसमा पनि चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो ।’

त्यस्तै रूकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुन:निर्माणमासमेत सघाउन तयार रहेको राजदूतले भेटका क्रममा बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  २ : १६ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी