सेयर बजारमा उछाल, कारोबार साढे १५ अर्ब नाघ्यो « Khabarhub

सेयर बजारमा उछाल, कारोबार साढे १५ अर्ब नाघ्यो


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको छ ।

आज एकै दिन नेप्से ५९.६८ अंकले बढेर शेयर बजारमा उछाल आएको हो । बजार बढ्दा कारोबारमा पनि उछाल आएको छ । आज बिहीबार एकै दिन साढे १५ अर्बको कारोबार भएको छ ।

बिहीबार नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै आज वाणिज्य बैंक समूहमा उछाल आएको छ । आज वाणिज्य बैंक समूह एकै दिन ६.२८ प्रतिशतले बढेर १३६२.१६ विन्दुमा पुगेको छ ।

बिहीबार १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । आज साढे १५ लाखको कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३१२ वटा कम्पनीको शेयर १ लाख ८४ हजार ७१२ पटक किनबेच भएको छ ।

आज ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर कारोबार हुँदा ५ वटा कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किकट लागेको छ । बिहीबार सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स बढ्दा जीवन बीमा समूह १४६.३१ अंकले बढेर ११ हजार ४७५.०३ विन्दुमा पुगेको छ ।

त्यस्तै, लघुवित्त १३९.४० अंकले बढेर ५१५९.९५ विन्दुमा, निर्जीवन बीमा १२३.९२ अंकले बढेर ११ हजार ९२४.३७ विन्दुमा र उत्पादन समूह ८३.१९ अंकले बढेर ७१६९.१४ विन्दुमा पुगेको छ ।

आज समूह अन्तरगतमा १३ वटा समूह मध्ये २ वटा समूहको शेयर मूल्य मात्र घटेको छ । फाइनान्स समूहको ३५.६९ अंकले घटेर २७६२.९० विन्दुमा र हाइड्रो समूह ०.२२ अंकले घटेर २९८५.२८ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ३ : २८ बजे

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री