भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, कम्तीमा तीजनाको मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, कम्तीमा तीजनाको मृत्यु


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

लखनऊ- भारतको उत्तरप्रदेश राज्यमा बिहीबार दिउँसो एउटा रेल लिकबाट उत्रिएको छ ।

उत्तरप्रदेशको गोन्डा जिल्लास्थित गोन्डा- मनकापुर खण्डको बीचमा चण्डीगढ एक्सप्रेसका १४ वटा डब्बा पटरीबाट उत्रिएका छन् । यो दुर्घटनामा तीनजनाको ज्यान गएको छ भने १४ जना अन्य घाइते भएका छन् ।

चण्डीगढ एक्सप्रेसको यो रेल पञ्जाबको चण्डडीगबाट गोरखपुर गइरहेको थियो । दुर्घटना मोतीगञ्ज प्रहरी कार्यालय क्षेत्रको पिकौरा गाउँनजिकै भएको हो ।

दिउँसो पौने ३ बजे दुई डिब्बाले सुरुमा पटरी छाडेका थिए । त्यसपछि अन्य १२ वटा डिब्बा पनि पल्टिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन् । उनले अधिकारीहरूलाई तत्काल घटनास्थल पुगेर उद्धार तीव्र बनाउन भनेका छन् ।

मुख्यमन्त्रीले राहत र उद्धारसँगै घाइतेहरूलाई चाँडोभन्दा चाँडो अस्पताल लैजान पनि निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ४ : ३७ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै