क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी « Khabarhub

क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले क्रिमियामा ३३ युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका १० नौसैनिक ड्रोन खसालेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ ।

ड्युटीमा रहेका वायु रक्षा प्रणाली नष्ट गरी क्रिमियामा हवाई ड्रोनहरू रोकेको मन्त्रालयले टेलिग्राम पोस्टमार्फत जनाएको हो । ब्लाक सी मा  रहेका सेनाहरूले क्रिमियन प्रायद्वीपतर्फ गइरहेका नौसेना ड्रोनहरू नष्ट गरेको टेलिग्राम पोस्टले प्रष्ट पारेको छ ।

सेभास्तोपोलका गभर्नर मिखाइल रजभोजायेभले बिहीबार क्रिमियन सहरको गतिविधि रूसी सेनाको आक्रमणको विरुद्धको बदला सँग जोडिएको बताए ।

रुसी अधिकारीहरूका अनुसार गत महिनाको अन्त्यमा मस्कोले युक्रेनमा अमेरिकी मिसाइल प्रयोग गरी क्रिमियामा घातक आक्रमण गरेको आरोप लगाएको थियो जसमा चार जनाको मृत्यु भएको थियो भने १५० भन्दा बढी घाइते भएका थिए ।

रूसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी रुसको ब्रायन्स्क क्षेत्रमा  गए राती थप दुईवटा ड्रोनलाई निष्क्रिय पारिएको जनाउदै कुनै हताहत वा क्षति नभएको  स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले उल्लेख गरेका छन् ।  

युक्रेनले पछिल्लो समय रूसी क्षेत्रमा आक्रमण बढाई आपूर्ति केन्द्र, ऊर्जा केन्द्रका साथै सीमापारका सहर, गाउँ र क्रिमियामा लक्षित गरेको छ ।

सन् २०२२ फेब्रुअरीमा द्वन्द्व सुरु भएदेखि दुवै पक्षले व्यापक रूपमा ड्रोन लगायतका सैन्य उपकरणको प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ५ : ०१ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर