राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : रवि लामिछाने « Khabarhub

राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : रवि लामिछाने


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्तिका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार काठमाडौंमा आयोजना गरेको नीति मन्थन मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रममा लामिछानेले सरकारका पुग्ने बितिकै दलहरूको प्राथमिकता राजनीतिक नियुक्तिमा रहने गर्दा त्यसका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका हुन् । 

राजनीतिक नियुक्ति स्वार्थप्रेरित हुने हुँदा उनीहरूबाट बनाउने नीतिहरू पनि देशका लागि नभइ आफ्ना स्वार्थका आधारमा बन्ने उनको भनाइ छ ।

उनले ठूला भनिएका राजनीतिक दलहरूलाई कार्यकर्ता र भातृसंगठनको भारी बोक्नुपरेको र उनीहरूको पार्टीप्रतिको योगदान चुकाउन राष्ट्रिय सम्पत्ति दोहन हुने गरेको जिकिर गरे । 

सभापति लामिछानेले दुई ठूला राजनीतिक दलहरूले नै सरकार बनाउदा राजनीतिक नियुक्तिहरू झन बढेर जाने र मुलुकको नीतिहरू अस्तव्यस्त हुने आशंका व्यक्त गरे । अहिलेको ठूला दलहरूको मिलन देशको हितमा हुने संकेत नदेखिएको उनले बताए ।

राष्ट्र निर्माण र नीति निर्माण गर्ने क्रममा विज्ञहरूको रायसल्लाह आवश्यक रहेकोले नीति मन्थनलाई आवश्यकता अनुसार निरन्तरता दिने जिकिर गरे । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ५ : ३६ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।