रुवान्डाको राष्ट्रपतिमा पुनः कागामे « Khabarhub

रुवान्डाको राष्ट्रपतिमा पुनः कागामे


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  रुवान्डाका शक्तिशाली राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । बिहीबार प्रकाशित अन्तिम  निर्वाचन परिणामअनुसार उनले ९९ दशमलव १८ प्रतिशत मत हासिल गरेका छन्  । 

कागामेले तीन दशकसम्म वास्तविक नेता र राष्ट्रपतिका रूपमा रुवान्डामा शासन गरिरहेका छन् । तर पछिल्लो निर्वाचनमा ६६ वर्षीय कागामे सात वर्षअघिको निर्वाचनको भन्दा पनि बढी अन्तरले निर्वाचित भए । अघिल्लो निर्वाचनमा उनले ९८ दशमलव ७९ प्रतिशत मत प्राप्त गरेका थिए । 

राष्ट्रिय निर्वाचन आयोगका अनुसार डेमोक्रेटिक ग्रीन पार्टीका नेता फ्र्याङ्क अबिनेजाले सोमबार भएको मतदानमा शून्य दशमलव पाँच प्रतिशतमात्र मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार फिलिप मपेइमानालाई शून्य दशमलव ३२ प्रतिशत मत हासिल भएको छ । 

धेरै विपक्षीहरूलाई प्रतिबन्ध लगाइएपछि यस वर्ष उम्मेदवार हुन स्वीकृत यी दुई जनाले सन् २०१७ को निर्वाचनमा पनि कागामेलाई चुनौती दिएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ६ : ५७ बजे

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप