अस्पतालभित्रै सञ्चारकर्मी धमलालाई कुटपिट : मेयर हर्कका सात समर्थक सार्वजनिक, प्रहरीले मुद्दा अघि बढायो « Khabarhub

अस्पतालभित्रै सञ्चारकर्मी धमलालाई कुटपिट : मेयर हर्कका सात समर्थक सार्वजनिक, प्रहरीले मुद्दा अघि बढायो


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


44k
Shares
  • change font
  • change font
  • change font

 

सुनसरी- सञ्चारकर्मी सञ्जिता धमलालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा एक्स रे गर्न गएकी धमलालाई महिलाहरूको हुलले आक्रमण गरेको थियो ।

बीपी प्रतिष्ठानभित्रको सीसीटीभी फुटेजमा महिलाहरूले धमलालाई तानेर लछारपछार गरिरहेको देख्न सकिन्छ । कुटपिटमा उत्रिएपछि अन्यले धमलालाई बचाउने कोसिस गरेका थिए ।

प्रहरीले उक्त घटनापछि बुधबार नै कुटपिटमा संलग्न ५ जना महिलालाई बीपी प्रतिष्ठान हातातबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा राखेको थियो ।

प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा बिहीबार धरानका मेयर हर्क साम्पाङकी अर्की समर्थक सिर्जना बेघालाई पनि पक्राउ गरिएको थियो । प्रहरीले उक्त घटनामा मुछिएका पूर्ण बान्तवालाई पनि पक्राउ गरेर इनरुवा पुर्‍याएको थियो । पक्राउ परेका सातैजना मेयर मेयर हर्क साम्पाङका समर्थक थिए । उनीहरू सबैलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बीपी प्रतिष्ठानमा धमलामाथि हातमा उत्रिनेमध्ये सिर्जना पनि एक थिइन् । उनी बिहीबार इलाका प्रहरी कार्यालय धरान घेराउ गर्दै जबर्जस्ती प्रवेश गर्न खोज्नेमध्ये एक थिइन् । त्यसैगरी धरानको भानुचोकमा आधाघण्टा चक्काजाम गर्न पनि उनी उत्रिएकी थिइन् ।

बिहीबार पक्राउ गरिएका बान्तावा सिटी सफारी चालक थिए। उनी पनि मेयर साम्पाङका समर्थकमध्ये एक हुन् ।

बान्तावाले बुधबार इलाका प्रहरी कार्यालय धरान घेराउ गर्दै जर्बजस्ती भित्र पस्न खोजेका थिए । उनले प्रहरीको गेटबाट जबर्जस्ती भित्र पस्न खोजेको सीसीटीभी फुटेज बाहिरिएकोछ । प्रहरी कार्यालयमा जबर्जस्ती गर्न खोज्ने सत्य घले पनि खोजी सूचीमा छन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेका सातैजनालाई बिहीबार सार्वजनिक गर्दै अभद्र व्यवहारको कसुरमा मुद्दा अघि बढाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एवम् डीएसपी नवीनकृष्ण भण्डारीले पक्राउ परेका सातैजनालाई अभद्र व्यहवार कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा अघि बढाउन म्याद लिइएको बताए ।

बुधबार पक्राउ परेका ५ जनालाई ७ दिन र बिहीबार पक्राउ परेका २ जनालाई ६ दिनको म्याद लिएर हिरासतमा राखिएको उनले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ७ : ४० बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी