‘मोदीबेनी’को ट्रेलर : वृद्धाको भूमिकाबाट रेजिनाको कमब्याक, वर्षाको रोचक ‘रोल’ « Khabarhub

‘मोदीबेनी’को ट्रेलर : वृद्धाको भूमिकाबाट रेजिनाको कमब्याक, वर्षाको रोचक ‘रोल’


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साउन १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले बिहीबार नयाँ बानेश्वरको एक हलमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरले फिल्ममा प्रेम, कमेडी, र पारिवारिक कथा रहेको बताउँछ । साथै, केही दृश्यहरू ‘सरप्राइजिङ’ पनि छन् । ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटी अभिनेता अमर प्रताप श्रेष्ठको प्रेमिकाको रुपमा देखिएकी छन् । अन्त्यमा उनको भयंकर रूपले दर्शकमा कौतुहलता सिर्जना गर्छ । 

ट्रेलरमा नायिका रेजिना उप्रेतीलाई भने वृद्ध महिलाको भूमिकामा देख्न सकिन्छ । उनी वर्षाको आमाको भूमिकामा छिन् । यस फिल्ममा अभिनेता सरोज खनालले ‘लुक्स’ परिवर्तनमा मिहिनेत गरेको देखिन्छ । यद्यपि उनी पनि वृद्धकै भूमिकामा छन् । 

अभिनेताद्वय प्रवीण खतिवडा र जीवन भट्टराईको भूमिकाले ट्रेलरलाई थप रोमाञ्चक बनाएको छ । यही फिल्ममार्फत अभिनेतृ उप्रेती दशकपछि अभिनयमा फर्कँदै छिन् । त्यस्तै, नायक अमरप्रतापको यो डेब्यू फिल्म हो । 

शङ्कर कोइरालाले निर्देशन गरेको यस फिल्ममा वर्षा, अमर, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, जीवन भट्टराईसहित  दिलीप केसी, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ७ : ५६ बजे

आज २०८२ साल मंसिर २६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल