धरानमा कोरा राइड साइक्लिङ च्यालेन्ज « Khabarhub

धरानमा कोरा राइड साइक्लिङ च्यालेन्ज


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सुनसरी – प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा शनिबार कोरा राइड साइक्लिङ हुने भएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २९ किलोमिटर दुरीमा हुने राइडमा दुई सयभन्दा बढी राइडर्सहरुले सहभागीता जनाउने प्याडलर्स धरानका संयोजक किसन मास्केले बताए।

शनिबार बिहान ७ बजे भानुचोकबाट शुरु हुने राइड पुतलिलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुर चोक, देउराली, पानबारी हुँदै धरान–८ स्थित हरियाली सामुदायिक वनमा पुगेर समापन हुनेसंयोजक मास्केले बताए ।

कोरा राइडमा सुनसरीसहित झापा, मोरङका साइक्लिष्टहरु सहभागी हुने आयोजकले जनाएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक बर्ष जुलाइमा हुने गरेको मास्केले बताए । धरानमा यो प्रतियोगिता सन् २०१७ देखि नियमित आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ९ : ०४ बजे

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री

आर्थिक कूटनीतिमार्फत लगानी र प्रविधि भित्र्याउने पाण्डेको प्रतिबद्धता

काठमाडौं– भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चल नाथ पाण्डेले नेपालमा

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका