हार्दिक र नताशाको डिभोर्स « Khabarhub

हार्दिक र नताशाको डिभोर्स


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याले पत्नी नताशा स्टानकोभिनसँग सम्बन्धविच्छेद गरेका छन् । बिहीबार दुवै जनाले सामाजिक सञ्जालमार्फत सम्बन्ध विच्छेद गरेको जानकारी दिएका हुन् ।

नताशाले इन्स्टाग्राममा लेखेकी छन्,‘लगभग ४ वर्षपछि हार्दिक र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं। हामी दुवैले सँगै बसेर एउटै निर्णय लिएका छौं । यो हाम्रा लागि निकै कठिन निर्णय थियो । अगस्त्य हामी दुवैको जीवनको एक हिस्सा रहनेछ। हामी दुवैले उसलाई हर सम्भव खुशी दिने प्रयास गर्नेछौं।’

यस्तै पाण्ड्यले पनि इन्स्टाग्राममा आफूहरुले चारवर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘चार वर्षसँगै बसेपछि नताशा र मैले सौहार्दपूर्ण रूपमा अलग हुने निर्णय गरेका छौं। हामीले यो सम्बन्ध बचाउन सक्दो प्रयास गर्यौं र सबै कुरा दिएका थियौं। तर अहिले हामीलाई लाग्छ कि यो हामी दुवैका लागि सही निर्णय हो। यो हाम्रो लागि धेरै गाह्रो निर्णय थियो ।’

हार्दिकले सन् २०२० को ३१ मेमा सर्भियाकी मोडल नताशा स्टानकोभिकसँग हतारमा कोर्ट म्यारिज गरेका थिए । बिहे अगाडि नै नताशा गर्भवती थिइन् । विवाहको दुई महिनापछि उनीहरूलाई सन्तान लाभ भएको थियो । गत वर्ष उनीहरूले छोरा खेलाउँदै परम्परागत रिवाजअनुसार बिहे गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १० : ४४ बजे

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ

‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी