हार्दिक र नताशाको डिभोर्स « Khabarhub

हार्दिक र नताशाको डिभोर्स


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याले पत्नी नताशा स्टानकोभिनसँग सम्बन्धविच्छेद गरेका छन् । बिहीबार दुवै जनाले सामाजिक सञ्जालमार्फत सम्बन्ध विच्छेद गरेको जानकारी दिएका हुन् ।

नताशाले इन्स्टाग्राममा लेखेकी छन्,‘लगभग ४ वर्षपछि हार्दिक र मैले आपसी सहमतिमा अलग हुने निर्णय गरेका छौं। हामी दुवैले सँगै बसेर एउटै निर्णय लिएका छौं । यो हाम्रा लागि निकै कठिन निर्णय थियो । अगस्त्य हामी दुवैको जीवनको एक हिस्सा रहनेछ। हामी दुवैले उसलाई हर सम्भव खुशी दिने प्रयास गर्नेछौं।’

यस्तै पाण्ड्यले पनि इन्स्टाग्राममा आफूहरुले चारवर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘चार वर्षसँगै बसेपछि नताशा र मैले सौहार्दपूर्ण रूपमा अलग हुने निर्णय गरेका छौं। हामीले यो सम्बन्ध बचाउन सक्दो प्रयास गर्यौं र सबै कुरा दिएका थियौं। तर अहिले हामीलाई लाग्छ कि यो हामी दुवैका लागि सही निर्णय हो। यो हाम्रो लागि धेरै गाह्रो निर्णय थियो ।’

हार्दिकले सन् २०२० को ३१ मेमा सर्भियाकी मोडल नताशा स्टानकोभिकसँग हतारमा कोर्ट म्यारिज गरेका थिए । बिहे अगाडि नै नताशा गर्भवती थिइन् । विवाहको दुई महिनापछि उनीहरूलाई सन्तान लाभ भएको थियो । गत वर्ष उनीहरूले छोरा खेलाउँदै परम्परागत रिवाजअनुसार बिहे गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १० : ४४ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा