साहित्य सन्ध्या पुरस्कारबाट ५ जना सम्मानित « Khabarhub

साहित्य सन्ध्या पुरस्कारबाट ५ जना सम्मानित


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साहित्य सन्ध्याकोे ४५४ औँ विशेष शृङ्खला अन्तर्गत शनिबार पाँचजना साहित्यकारलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ ।

नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई पदमकन्या क्याम्पस बागबजारमा आयोजित कार्यक्रममा पुरस्कार तथा सम्मान’ अर्पण गरिएको हो ।

सम्मानित तथा पुरस्कृत हुनेहरुमा साहित्यकार शिवनारायण पण्डित (एनपी सिङ्गल), सोइना दाहाल, विनोद बाजुरेली, सत्यदेवी खड्का अधिकारी र कृष्ण बजगाईँ छन् ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार एवं पूर्वमन्त्री, नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीकोसमेत उपस्थिति थियो ।

कार्यक्रमको विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको उपस्थिति रहेको थियो । भने अन्य अतिथिहरूमा शान्ता मानवी, खगेन्द्र राई, प्रा.डा.जीवेन्द्रदेव गिरी र प्रेमनाथ अधिकारी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : ५२ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७