साहित्य सन्ध्या पुरस्कारबाट ५ जना सम्मानित « Khabarhub

साहित्य सन्ध्या पुरस्कारबाट ५ जना सम्मानित


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साहित्य सन्ध्याकोे ४५४ औँ विशेष शृङ्खला अन्तर्गत शनिबार पाँचजना साहित्यकारलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ ।

नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई पदमकन्या क्याम्पस बागबजारमा आयोजित कार्यक्रममा पुरस्कार तथा सम्मान’ अर्पण गरिएको हो ।

सम्मानित तथा पुरस्कृत हुनेहरुमा साहित्यकार शिवनारायण पण्डित (एनपी सिङ्गल), सोइना दाहाल, विनोद बाजुरेली, सत्यदेवी खड्का अधिकारी र कृष्ण बजगाईँ छन् ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार एवं पूर्वमन्त्री, नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीकोसमेत उपस्थिति थियो ।

कार्यक्रमको विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको उपस्थिति रहेको थियो । भने अन्य अतिथिहरूमा शान्ता मानवी, खगेन्द्र राई, प्रा.डा.जीवेन्द्रदेव गिरी र प्रेमनाथ अधिकारी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : ५२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी