स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई २–१ गोलले हराउँदै बार्सिलोनाले सुखद सुरुवात गरेको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । भ्यालेन्सियाका ह्युगो डुरोले एक गोल गरेका थिए ।

खेलको ४४औँ मिनेटमा भ्यालेन्सियाका डुरोले सुरुवाती गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको ४९औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाए । सुरुवाती अग्रता जोगाउन नसक्दा भ्यालेन्सिया पराजित हुन पुग्यो ।

यो जितसँगै बार्सिलोनाले पहिलो खेलमै ३ अंक जोडेको छ । भ्यालेन्सियाले हारबाट लिगको सुरुवात गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : ४३ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने