थाइल्याण्डमा छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी « Khabarhub

थाइल्याण्डमा छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजाले आममाफी दिएका छन् ।

उनको पेरोल आइतबार सकिन लागेकोमा राजाले उनलाई आममाफी दिएको बैंकक पोष्टले उल्लेख गरेको छ ।

अघिल्लो महिना राजाको जन्मदिनको अवसरमा असल आचरण भएका ७५ सय कैदीहरूलाई शाही माफीको अंशको रूपमा थाक्सिनलाई माफी दिइएको रिपोर्टमा उल्लेख छ ।

थाक्सिनकी ३७ वर्षीया छोरी पातोङटार्न सिनावात्रा थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेको एक दिनपछि यो समाचार आएको हो । उनी यो पद सम्हाल्ने शिनावात्रा परिवारकी तेस्रो सदस्य पनि हुन्।

७५ वर्षीय थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि गत अगस्टमा थाइल्याण्ड फर्केका थिए, उनी राजनीतिक रूपमा प्रेरित भएको भन्दै विभिन्न आरोपमा निष्पक्ष सुनुवाइ हुन नसकेको दाबी गर्दै सन् २००८ मा देशबाट भागेका थिए।

बैंकक फर्केको दिन, थाक्सिनलाई २००१ देखि २००६ सम्म सत्तामा रहँदा स्वार्थको द्वन्द्व र अख्तियारको दुरुपयोगको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो ।

उनले छ महिना प्रहरीको सामान्य अस्पतालमा बिताएपछि स्वास्थ्य अवस्था र आधा सजाय भोगेको तथ्यको आधारमा फेब्रुअरीमा पेरोलमा बाहिर आएका थिए । उनलाई प्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्न नहुने शर्तमा पेरोल दिइएको थियो ।

अहिले आम माफी पाएपनि थाक्सिनको कानुनी समस्या पूर्ण रूपमा समाप्त भने भएको छैन । सन् २०१५ मा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्ताको सम्बन्धमा उनी अझै पनि लेस–मजेस्टको आरोपको सामना गरिरहेका छन् । यस आरोपमा थाक्सिन धरौटीमा रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ९ : ४० बजे

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने