थाइल्याण्डमा छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी « Khabarhub

थाइल्याण्डमा छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजाले आममाफी दिएका छन् ।

उनको पेरोल आइतबार सकिन लागेकोमा राजाले उनलाई आममाफी दिएको बैंकक पोष्टले उल्लेख गरेको छ ।

अघिल्लो महिना राजाको जन्मदिनको अवसरमा असल आचरण भएका ७५ सय कैदीहरूलाई शाही माफीको अंशको रूपमा थाक्सिनलाई माफी दिइएको रिपोर्टमा उल्लेख छ ।

थाक्सिनकी ३७ वर्षीया छोरी पातोङटार्न सिनावात्रा थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेको एक दिनपछि यो समाचार आएको हो । उनी यो पद सम्हाल्ने शिनावात्रा परिवारकी तेस्रो सदस्य पनि हुन्।

७५ वर्षीय थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि गत अगस्टमा थाइल्याण्ड फर्केका थिए, उनी राजनीतिक रूपमा प्रेरित भएको भन्दै विभिन्न आरोपमा निष्पक्ष सुनुवाइ हुन नसकेको दाबी गर्दै सन् २००८ मा देशबाट भागेका थिए।

बैंकक फर्केको दिन, थाक्सिनलाई २००१ देखि २००६ सम्म सत्तामा रहँदा स्वार्थको द्वन्द्व र अख्तियारको दुरुपयोगको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो ।

उनले छ महिना प्रहरीको सामान्य अस्पतालमा बिताएपछि स्वास्थ्य अवस्था र आधा सजाय भोगेको तथ्यको आधारमा फेब्रुअरीमा पेरोलमा बाहिर आएका थिए । उनलाई प्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्न नहुने शर्तमा पेरोल दिइएको थियो ।

अहिले आम माफी पाएपनि थाक्सिनको कानुनी समस्या पूर्ण रूपमा समाप्त भने भएको छैन । सन् २०१५ मा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्ताको सम्बन्धमा उनी अझै पनि लेस–मजेस्टको आरोपको सामना गरिरहेका छन् । यस आरोपमा थाक्सिन धरौटीमा रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ९ : ४० बजे

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत