इलाम चुलाचुलीका अधिकांश सडक कालोपत्र « Khabarhub

इलाम चुलाचुलीका अधिकांश सडक कालोपत्र


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इलाम– चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन् ।

सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

चुलाचुली गाउँपालिकाले सबै टोलमा कालोपत्र सडक पुर्‍याउने उद्देश्यले थालेको पहिलो चरणको योजना पूरा गरेको हो । सबै वडामा कालोपत्र सडक पुर्‍याउने पहिलो चरणको योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।

चुलाचुली गाउँपालिकाले छवटै वडा जोड्ने सडक कालोपत्र गर्ने योजना कार्यान्वयन गरेको हो ।

चुलाचुली गाउँपालिकामा हालसम्म विभिन्न सडकका १५ किलोमिटर सात सय मिटर सडक कालोपत्र भएको छ । पहिलो चरणमा उक्त दूरीमा कालोपत्र गरिएको हो ।

गाउँपालिका अध्यक्ष केरुङका अनुसार आर्थिक वर्ष २०८०–८१ मा मात्र पाँच किलोमिटर तीन सय मिटर सडक कालोपत्र गरिएको छ ।

दुई किलोमिटर एक सय मिटर सडक गाउँपालिकाको आफ्नै स्रोतबाट कालोपत्र गरिएको हो । तीन किलोमिटर दुई सय मिटर सडक सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले जानकारी दिए ।

वडा नं १ स्थित चुलाचुली मार्गको आठ सय मिटर सडक गाउँपालिकाको स्रोतबाट एक करोडको लगानीमा कालोपत्र सम्पन्न गरिएको छ ।

सोही सडकको अर्को सात सय ५० मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा ८७ लाख ३८ हजारको लगानीमा कालोपत्र गरिएको छ ।

त्यस्तै वडा नम्बर २ स्थित हिमाली मार्गको एक किलोमिटर तीन सय मिटर सडक कोशी प्रदेश सरकारसँगको ३५ प्रतिशत साझेदारीमा ९९ लाख ९५ हजार सात सय ८२ लगानीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले बताए ।

सो सडकको चार किलोमिटर एक सय मिटर सडक पटकपटक गरी अघिल्लो आर्थिक वर्षमा कालोपत्र गरिएको थियो ।

वडा नम्बर ५ स्थित चुलाचुली मार्गको एक किलोमिटर दुई सय १५ मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा ८७ लाख ३६ हजार दुई सय ३६ को लगानीमा कालोपत्र गरिएको छ । सो सडकको अर्को एक किलोमिटर दुई सय मिटर सडक अघिल्लो आव २०७९–८० मा कालोपत्र गरिएको थियो ।

त्यसैगरी वडा नम्बर ६ स्थित चुलाचुली मार्गको एक किलोमिटर तीन सय मिटर सडक गाउँपालिकाको स्रोतबाट एक करोड ८७ लाखको लगानीमा सुरु भएको कालोपत्र अन्तिम चरणमा पुगेको चुलाचुली गाउँपालिकाका इन्जिनियर क्षितिज दाहाले जानकारी दिए ।

इन्जिनयर दाहालका अनुसार कालोपत्रका लागि ड्रेन, सबबेस र बेस हाल्ने काम सकिएको छ । वडा नम्बर ३ र ४ कार्यालय जोड्ने सडक अघिल्लो वर्षहरूमा कालोपत्रे गरिएको थियो । वडा नम्बर ३ मा आव २०७९–८० मा चुलाचुली मार्गको एक किलोमिटर सात सय मिटर र वडा ४ मा सोही मार्गको पटकपटक गरी आव २०७९–८० सम्ममा तीन किलोमिटर चार सय मिटर सडक कालोपत्र गरिएको थियो ।

पूर्वपश्चिम लोकमार्ग र चुलाचुलीको माथिल्लो भेगमा निर्माणाधीन मदन भण्डारी लोकमार्गलाई जोड्ने लक्ष्यका साथ गाउँपालिकाले सडक कालोपत्र गर्न प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ११ : ०६ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड