३४ अंकले घट्यो नेप्से, २८ अर्बमाथिको कारोबार  | Khabarhub Khabarhub

३४ अंकले घट्यो नेप्से, २८ अर्बमाथिको कारोबार 


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भदौ महिनाको पहिलो कारोबारको दिन शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से ३४ दशमलव ४७ अंकले घटेर २९६६ को विन्दुमा पुगेको छ । साउन महिनाको अन्तिम कारोबारको दिन भने ३ हजार विन्दुमा रहेको थियो ।

आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । आज ३ सय ३० कम्पनीका ६ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाखको कारोबार भएको छ ।

आज आज वाणिज्य बैंक समूहको शेयर सर्वाधिक ०.८४ प्रतिशतले बढेको छ । यस्तै  जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा कम्पनीको सामान्य बढेको छ भने अन्य सबै समूहको शेयर घटेको छ । सबैभन्दा बढी घट्नेमा होटल एण्ड टुरिजम रहेको छ । यसको शेयर ४.४९ प्रतिशतले घटेको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : २४ बजे

सामाजिक सञ्जालमा अदालतको चर्चा, एमालेमा हर्कबढाइँ

काठमाडौँ – बुधबार राति अबेरसम्म सर्वोच्च अदालत परिसरमा मानिसहरुको चहल–पहल

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान