डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश « Khabarhub

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको विषयमा ७ दिनभित्र उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीशद्वय श्याकुमार भट्टराई र हेमन्त रावलको संयुक्त इजलासले उपभोक्ता हित संरक्षण मञ्चले दायर गरेको निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै ‘कारण देखाउ’ आदेश जारी गरेको हो । अदालतले डा. तिवारीलाई ७ दिनभित्र व्यक्तिगत रूपमा अदालतमा उपस्थित भई ‘अवहेलनाको कसुरमा किन कारबाही नगर्नु पर्ने हो’ भन्ने स्पष्ट कारण र प्रमाण पेश गर्न निर्देशन दिएको हो ।

उपभोक्ता अदालतको फैसलापछि डा। तिवारीले सार्वजनिक रूपमा दिएका अभिव्यक्ति र नेपाल चिकित्सक संघको लेटरहेडमा जारी विज्ञप्तिका आधारमा उक्त मुद्दा दायर भएको हो । उपभोक्ता अदालतले उपचारमा लापरबाही भएको ठहर गर्दै ग्रान्डी सिटी, हिमाल र ओम अस्पताललाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। त्यसपछि चिकित्सक संघले अदालतको उक्त फैसलाविरुद्ध आन्दोलनको घोषणा गर्दै विरोधमा उत्रिएको थियो । 

उक्त आन्दोलन र सार्वजनिक अभिव्यक्तिहरू अदालतप्रति अपहेलनापूर्ण भएको आरोपमा उपभोक्ता हित संरक्षण मञ्चले अदालतमा निवेदन दिएको थियो। अदालतले अब डा। तिवारीका तर्फबाट यथोचित स्पष्टीकरण मागेको हो ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ११ : ०२ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला