विदेशमा काम गर्ने नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स « Khabarhub

विदेशमा काम गर्ने नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशमा काम गर्ने नेपालीले एक वर्षमा झन्डै साढे १४ खर्ब रेमिट्यान्स नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकले विदेशमा काम गर्न गएका नेपालीले गत आर्थिक वर्षको एक वर्ष अवधिमा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स पठाएको देखाएको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा गत आर्थिक वर्षमा १६.५ प्रतिशतले बढी रेमिट्यान्स नेपाल भित्रिएको हो । यस्तो रेमिट्यान्स अघिल्लो आर्थिक वर्षमा २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६०,१०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २८१,१९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४९७,७०४ र २७७,२७२ रहेको थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : ५१ बजे

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्