रुसमा ७ म्याग्निच्युडको भूकम्प, ज्वालामुखीको धुवाँ ८ किमिसम्म फैलियो « Khabarhub

रुसमा ७ म्याग्निच्युडको भूकम्प, ज्वालामुखीको धुवाँ ८ किमिसम्म फैलियो


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको पूर्वी तटीय क्षेत्रमा आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको छ ।  भूकम्पका कारण सो क्षेत्रमा रहेको शिवेलुच नामक ज्वालामुखी विस्फोट भएको थियो ।

रुसी समाचार एजेन्सी टासको रिपोर्टका अनुसार ज्वालामुखी विस्फोटपछि उठेको धुवाँको मुस्लो तटीय क्षेत्रबाट ८ किलोमिटर उचाइसम्म देखिएको थियो ।

यो ज्वालामुखी रुसी तटीय सहर पेट्रोपाभलोभस्क कमचात्स्कीबाट ४५० किलोमिटर टाढा छ। यो सहरको जनसंख्या १ लाख ८० हजार छ । यद्यपी विस्फोटबाट कुनै पनि मानवीय वा धनमालको क्षतिको खबर प्राप्त भएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभलोभस्क कमचात्स्की शहरबाट ८८ किलोमिटर टाढा समुन्द्रमा रहेको जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दुको गहिराई ४८ किलोमिटर थियो । अमेरिकाको सुनामी चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरको दायराभित्र सुनामीको चेतावनी जारी गरेको छ ।

शिवेलुचमा गत वर्ष पनि विस्फोट भएको थियो, सन् १९९९ देखि लगातार लाभा निस्किरहेको छ । शिवेलुच रूसको सबैभन्दा सक्रिय ज्वालामुखी हो। गत वर्ष अप्रिल ११ मा पनि विस्फोट भएको थियो । यसपछि खरानी र धुवाँको २० किलोमिटर अग्लो बादल उठ्यो । यो धुवाँ १ लाख ८ हजार वर्ग किलोमिटरमा फैलिएको थियो ।

शिवेलुचमा सन् १८५४ र १९६४ मा विष्फोट भएको थियो, जसले लाभाको ठूलो भागको पतन गराएको थियो। यसपछि १५ अगस्ट १९९९ मा यंग शिवलुचमा विस्फोट भएको थियो । त्यसयता यो निरन्तर सक्रिय छ र लाभा फुकिरहेको छ।

२७ फेब्रुअरी २०१५ मा पनि शिवेलुचमा भीषण विष्फोट भएको थियो । विस्फोट यति शक्तिशाली थियो कि खरानी अलास्कामा ९,१०० मिटर टाढा खसेको थियो। रिपोर्टका अनुसार रूसमा कुल ६१ सक्रिय ज्वालामुखीहरू छन्।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ४ : १५ बजे

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का– अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

हाम्रो पार्टी विकासवादी हो : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी विकासवादी पार्टी

इरान-अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा

तेहरान– इरानले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई स्विट्जरल्याण्डमा अमेरिकासँग

कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा