व्यासका आठ सय ९१ लाई अपाङ्गता परिचयपत्र वितरण « Khabarhub

व्यासका आठ सय ९१ लाई अपाङ्गता परिचयपत्र वितरण


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको व्यास नगरपालिकाले हालसम्म आठ सय ९१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० मा आठ सय २१ र गत आर्थिक वर्षमा ७० जनालाई परिचयपत्र वितरण गरेको हो ।

निवेदकले कार्यालयमा निवेदन दिएपछि अपाङ्गता समन्वय समितिको  बैठकले व्यक्तिको शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरिएको नगरपालिकाको महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको  छ ।

आव २०७९/८० मा आठ सय २१ जनाले अपाङ्गता परिचयपत्र लिएका उपशाखाकी सहायक महिला विकास निरीक्षक शर्मिला जम्मरकट्टेलले जानकारी दिइन् । उनका अनुसार ‘क’ वर्गका एक सय ३६, ‘ख’ वर्गका तीन सय ५१, ‘ग’ वर्गका दुई सय २० र ‘घ’ वर्गका एक सय १४ जना छन् । गत आवमा ‘क’ वर्गका ११, ‘ख’ वर्गका २७, ‘ग’ वर्गका २४ र ‘घ’ वर्गका आठ जनाले परिचयपत्र लिएका उनले बताइन्।

सङ्घीय सरकारबाट ‘क’ वर्गका अपाङ्गता भएकालाई मासिक तीन हजार नौ सय ९० रुपैयाँ, ‘ख’ वर्गलाई दुई हजार एक सय २८रुपैयाँ  र ‘ग’ वर्गकालाई व्यास नगरपालिकाले वार्षिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

‘घ’वर्गका अपाङ्गता भएका व्यक्तिलाई भत्ताको सुविधा नभए पनि स्वास्थ्य, यातायातलगायत सेवा सुविधा पाउन सहज हुने सहायक महिला विकास निरीक्षक जम्मरकट्टेलले बताइन् । चिकित्सक, नेपाल प्रहरी, अपाङ्गता क्षेत्रबाट तीन र बहिरा संस्थाबाट एक जनाको सहभागितामा समितिको बैठकमा बसेर परिचयपत्र वितरण गरिएको उनले जानकारी दिइन् ।

नगरभित्रका अपाङ्गता भएका व्यक्तिमध्येबाट समन्वय समितिले मनोनयन गरेका एक महिला सदस्यसहित तीन जनाको सहभागी हुने प्रावधान रहेको सो शाखाले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : ०२ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको