नेता-कार्यकर्ताका लागि कोशी एमालेले बनायो १३ बुँदे आचारसंहिता « Khabarhub

नेता-कार्यकर्ताका लागि कोशी एमालेले बनायो १३ बुँदे आचारसंहिता


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले नेता र कार्यकर्तालाई अनुशासनमा राख्न १३ बुँदे आचारसंहिता बनाएको छ ।

आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशले २०८१ साललाई पार्टी सुदृढीकरण र शुद्धीकरण वर्षसमेत घोषणा गरेको छ ।

यसैगरी कोशी प्रदेशको मोरङ, इलाम र तेह्रथुममा कात्तिक मसान्त भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले मिसन २०८४ केन्द्रित भएर पार्टीलाई थप सुदृढ बनाउने गरी कार्ययोजना बनाइएको जानकारी दिए ।

उनले आगामी निर्वाचनमा कोशी प्रदेशमा दुई तिहाइ जित्ने गरी कार्यकर्ता परिचालन गर्ने तयारीसहित एमाले अघि बढेको बताए ।

पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पार्टीलाई सुदृढ र शुद्धीकरण गर्न आयोजना गरिने कार्यक्रमबारे जानकारी गराए ।

 

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ६ : १५ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका