फिल्म ‘देवी’को ट्रेलरमा अटायो निर्मला पन्तको घटना ! | Khabarhub Khabarhub

फिल्म ‘देवी’को ट्रेलरमा अटायो निर्मला पन्तको घटना !


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू महिलाहरुको पर्व तीजको अवसर पारेर प्रदर्शनमा आउने लागेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार कमलपोखरीस्थित एक हलमा कार्यक्रमको आयोजना गरी २ मिनेट ३९ सेकेण्डको ट्रेलरले सार्वजनिक गरेको हो ।

समाजमा घट्ने बलात्कारजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथामा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्ममा ६ वर्षअघि बलात्कारपछि हत्यामा परेकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको घटनामा पनि फिल्ममा समेटिएको ट्रलरले खुलाउँछ ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

कोरोना अगाडिबाट नै सुरु गरेको काम भर्खरै सम्पन्न भएकोमा निर्देशक राईले खुशी व्यक्त गरे । उनले यो फिल्म आफ्ना लागि पनि विशेष भएको बताए ।

राईले भने, ‘प्रोफेसनल फोटोग्राफर भए पनि आफ्नो बच्चादेखिको सपना पूरा गर्न मैले यो फिल्म बनाएको हो । विभिन्न उत्तारचढाव आए पनि अब प्रदर्शन हुने भएको छ । खुशी छु ।’

विभिन्नरुपले कर्मसियल फिल्म गर्न सुझाव आए पनि समाजिक घटनाको कथामै काम गर्ने ढिपीले यो फिल्म बनेको उनको भनाइ छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको यस फिल्म निर्देशक राई र अजय गौतम मिलेर लेखेका हुन् । निर्देशक राईलाई निर्माणमा सिनेमाकी मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छन् । उनी फिल्मको सह-निर्माता हुन् ।

‘देवी’एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माण टिमले प्रदर्शनका लागि बाँसुरी फिल्मस्सँग सहकार्य गरेको छ ।

फिल्मको प्रदर्शन मिति भदौ २१ गतेलाई तोकिएको छ ।

हेर्नुहोस् ट्रलेर :

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : ३५ बजे

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा