च्याम्पियन्स लिगको रोचक सुरुवात : बार्यनको ९ गोल, के के बने कीर्तिमान ? « Khabarhub

च्याम्पियन्स लिगको रोचक सुरुवात : बार्यनको ९ गोल, के के बने कीर्तिमान ?

लिगको सुरुमै कीर्तिमानको ओइरो


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४१ वर्षपछि युरोपको सबैभन्दा ठुलो प्रतियोगितामा फर्किएको अस्टन भिल्लाले युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा शानदार प्रदर्शन गरेको छ। बर्नमा भएको खेलमा भिल्लाले स्विस च्याम्पियन यङ ब्वाइजलाई ३-० ले हरायो।

भिल्लाका लागि युरी टेलिस्म्यान, ज्याकोब राम्सी र अमाडाउ ओनाउले गोल गरे। गत सिजनमा भिल्लालाई युरोपा कन्फरेन्स लिगको सेमिफाइनलमा प्रवेश गराएका युनाइ यामेरीले जित सोमबार मात्र इन्जुरीका कारण ज्यान गुमाएका गेरीसप्रति समर्पित गरे।

अस्टन भिल्लाको ठुला प्रतियोगितामा यो ऐतिहासिक पुनरागमनसँगै अर्को इङ्लिस क्लब लिभरपुलले पनि राम्रो सुरुवात गरेको छ। लिभरपुलले इटालियन एसी मिलानलाई ३-१ ले हरायो।

शनिबार घरेलु भूमिमा नटीङघम फरेस्टसँग स्तब्ध भएको लिभरपुलले यस अवे खेलमा सुरुवातमै पछि परेर कम ब्याक गरेको हो। तेस्रो मिनेटमै मिलानका विङ्गर क्रिस्चियन पुलिसिकले गोल गरेका थिए। मोहम्मद सलाहको प्रहार बारमा लागेपछि लगातार आक्रमण गरेको लिभरपुलका लागि २३ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको फ्रिकिकमा इब्राहिमामा कोनाटेले हेड गोल गरे।

सलाहको अर्को प्रहार बारमा लागेपछि भर्गिल मान डिजिकले मध्यान्तर अघि नै लिभरपुललाई अग्रता दिलाएका थिए। ६७ औं मिनेटमा कोडी गाप्कोले खेलको अन्तिम गोल गरे।

युभेन्ट्सले पनि च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको छ। घरेलु एलिनियाज रङ्गशालामा भएको खेलमा युभेन्ट्सले पिएसभी आइन्डहोभेनलाई ३–१ ले हरायो। थिएगो मोटाको टोलीलाई केनान एल्डिजले २१ औं मिनेटमा अग्रता दिलाएका थिए। १९ वर्षीय यी खेलाडीले क्लबका लीजेन्ड अलेजान्द्रो डेल पियरोको युरोपको यो एलाइट प्रतियोगितामा सबै भन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान भङ्ग गर्न सफल भए।

दोस्रो हाफको छैटौँ मिनेटमा डुसान भ्लाओभिकको शानदार पासमा अर्जेन्टाइन स्ट्राइकर निकोलास गोन्जालेजले अर्को गोल गरे। बियोन्ड डोर्मेललले मोटाका टोलीका लागि गोल गर्नुअघि गोन्जालेजले वान टचमा नै गोल गरेका थिए। जोहान बाकायाकोको पासमा इस्माइल साइबेरीले भ्रमणकारी पिएसभीका लागि गोल गरे। युभेन्ट्सले अबको खेल जर्मनी गएर आरबी लेइपीगसँग खेल्ने छ भने पिएसभीले घरेलु भूमिमा स्पोर्टिङ लिस्बनको स्वागत गर्ने छ।

बार्यनको ९ गोल !
युरोपेली च्याम्पियन्स लिगमा बार्यन म्युनिखले पनि ९ गोल गर्न सफल भएको छ। मंगलबार राति नै भएको खेलमा बार्यनले घरेलु भूमिमा भएको खेलमा डाइनामो जाग्रेवलाई ९–२ ले हराएको हो। सो खेलमा हेरी केनले ४ गोल गर्दै च्याम्पियन्स लिग अथवा युरोपियन कपमा सबै भन्दा धेरै गोल गर्ने इङ्गलीस खेलाडीको कीर्तिमान कायम गर्न सफल भएका छन्।

उनले चौथो गोल सहित वाइन रोनीको ३० गोलको कीर्तिमानलाई पार गरेका हुन्। लन्डनमा जन्मिएका फ्रान्सेली विङगर माइकल ओलिसेले पनि दुई गोल गरे। बार्यन म्युनिख च्याम्पियन्स लिगमा नौ गोल गर्ने पहिलो टोली समेत भएको छ। अलेक्जेन्डर पाब्लोभिकलाई फल गरेपछि प्राप्त पेनाल्टीमा केनले पहिलो गोल गरेका थिए। राफेल गुइरेराले हाफ भलिमा अर्को गोल गरेपछि त्यसको लगत्तै हालै क्रिस्टल प्यालेसबाट क्लबमा आएका ओलीसीले अर्को गोल गरे।

घाइते भएका मानुएल नुयरको स्थानमा बार्यनले सेभेन उल्रीचलाई मैदानमा ल्याए पनि उनले ५ मिनेटमा २ गोल खाएका थिए। बु्नो पेटकोभिक र टकारो ओगीवाराले गोल गरे।

यसपछि बार्यन फेरी लयमा आएका थियो। केनले रिबाउन्डमा गोल गरे भने वोलिसेले खाली पोस्टमा गोल गरे। केनले नै पेनाल्टीका गोल गर्दै ह्याट्रिक पुरा गरे। उनले चौथो गोल पनि पेनाल्टीमा नै गरेका हुन्। बेन्चबाट आएका लिरोइ सानेले अर्को गोल गरे। टोलीका लागि अन्तिम गोल लियोन गोरेटज्काले गरे।

रियलको जितमा एन्ड्रिकको कीर्तिमानी
एन्ड्रिक रियल म्याड्रिडका लागि च्याम्पियन्स लिगमा सबै भन्दा कम गोल गर्ने खेलाडी बनेको खेलमा सो टोली स्टुगार्ट माथि ३–१ को जित हात पार्न सफल भयो।

इन्जुरीको समयमा टोलीको अन्तिम गोल गरेका ब्राजिलियनले यसअघि सन् १९९५ मा क्लबका लिजेन्ड राउल गोन्जालेजले १८ वर्ष ११३ दिनमा गोल गरेर राखेको कीर्तिमान भङ्ग गर्दै १८ वर्ष ५८ दिनमा गोल गरेका हुन्।

उनी जुड बेलिङघमको स्थानमा ८० औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए। च्याम्पियन्स लिगमा रियलका लागि डेब्यु गरिरहेका फ्रान्सेली स्टार केलिएन एम्बाप्पेले दोस्रो हाफको २० औं सेकेन्डमा गरेको गोलमा रियलले पहिलो अग्रता लिउको थियो। डेनिज उन्डभले स्टुगार्टका लागि बराबरी गोल गरे। एन्टेनियो रुडीगरले रियललाई दोस्रो पटक अग्रता दिलाएका हुन्।

मंगलबारको अर्को खेलमा स्पोर्टिङ सिपीले लिलीलाई २-० ले हरायो।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ४७ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा