जनतालाई अधिकार सम्पन्न बनाउन गणेशमानको योगदान अतुलनीय : उपप्रधानमन्त्री सिंह « Khabarhub

जनतालाई अधिकार सम्पन्न बनाउन गणेशमानको योगदान अतुलनीय : उपप्रधानमन्त्री सिंह


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा आज बिहान शोभाभगवतीमा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।

गणेशमानका पुत्र तथा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्ष भन्दा लामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको स्मरण गरे ।

‘नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौँ,’ उपप्रधानमन्त्री सिंहले भने,’ ६ दशकभन्दा लामो सक्रिय राजनीतिमा गणेशमानले राणा र पञ्चायतका बेला १५ वर्ष जेल र अर्को १५ वर्ष निर्वासनमा बिताउनुभयो । यसबाट देशमा जनतालाई सार्वभौमसत्ता सम्पन बनाउन, अधिकारसम्पन्न बनाउन उहाँको प्रतिवद्धता र समर्पण कति थियो भनेर हामी भन्न सक्छौँ ।’

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : १७ बजे

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक