सडक छेकेर संविधान दिवसको कन्सर्ट, यसरी हुँदैछ तयारी (तस्बिरहरू) « Khabarhub

सडक छेकेर संविधान दिवसको कन्सर्ट, यसरी हुँदैछ तयारी (तस्बिरहरू)


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान दिवसको दिन बुधबार दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ गरिँदैछ । ब्यस्त सडक छेकेर कन्सर्ट गर्न लागिएपछि मंगलबारदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।

कन्सर्टका लागि आजैदेखि स्टेज बनाउने काम तीव्र गतिमा भइरहेको छ । कन्सर्टको तयारी सुरू भएसँगै दरबारमार्ग, जमल, कमलपोखरी, प्रज्ञा प्रतिष्ठान र पुतलीसडक क्षेत्रको सवारी अस्तव्यस्त भएको छ ।

मंगलबार यस क्षेत्रमा आउने सवारीसाधनको जाम सिंहदरबार पूर्वीगेटबाटै सुरु भएको थियो । सहरबीचको सडकलाई कन्सर्टमा उपयोग गरिँँदा सर्वसाधारणले भने सास्ती भोगेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्ट गरिएको छ ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्दैछ । त्यही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय भइसकेको छ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : २८ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र