सडक छेकेर संविधान दिवसको कन्सर्ट, यसरी हुँदैछ तयारी (तस्बिरहरू) « Khabarhub

सडक छेकेर संविधान दिवसको कन्सर्ट, यसरी हुँदैछ तयारी (तस्बिरहरू)


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधान दिवसको दिन बुधबार दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’ गरिँदैछ । ब्यस्त सडक छेकेर कन्सर्ट गर्न लागिएपछि मंगलबारदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।

कन्सर्टका लागि आजैदेखि स्टेज बनाउने काम तीव्र गतिमा भइरहेको छ । कन्सर्टको तयारी सुरू भएसँगै दरबारमार्ग, जमल, कमलपोखरी, प्रज्ञा प्रतिष्ठान र पुतलीसडक क्षेत्रको सवारी अस्तव्यस्त भएको छ ।

मंगलबार यस क्षेत्रमा आउने सवारीसाधनको जाम सिंहदरबार पूर्वीगेटबाटै सुरु भएको थियो । सहरबीचको सडकलाई कन्सर्टमा उपयोग गरिँँदा सर्वसाधारणले भने सास्ती भोगेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्ट गरिएको छ ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्दैछ । त्यही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय भइसकेको छ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : २८ बजे

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी

कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल