‘मिस्टर काठमाडौं’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन « Khabarhub

‘मिस्टर काठमाडौं’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन भएको छ ।

राईलाई बुधबार बिहान उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले त्यहीँ मृत घोषित गरे । बुधबार बिहान ६ बजेतिर उनी होटलमै लडेका थिए।

उनलाई बुधबार बिहान ६ बजे ग्रान्डी अस्पताल लगिएको थियो । मोरङको पथरीका ४५ वर्षीय राईलाई छातीमा असहज भएपछि अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचारका क्रममा बिहान ७ बजे उनको निधन भएको हो । चिकित्सकहरूले उनको मृत्युको कारण औपचारिक रुपमा बताएका छैनन् ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जले मोरङबाट परिवारका सदस्य र आफन्त आउने क्रममा रहेकाले शवको परीक्षणसहितका प्रक्रिया थालिने जनाएको छ।

राईले यही शनिबार मात्रै पाँचौँ खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता जितेका थिए । शनिबार दशरथ रंगशालास्थित कभर्ड हलमा भएको प्रतियोगितामा उनले उपाधि चुमेका थिए।

उनी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ निवासी हुन् । उनी मिस्टर काठमाडौंमा सहभागी हुन ‘फोनिक्स फिटशाला’ बाट सहभागी भएका थिए ।

मिस्टर काठमाडौंमा भाग लिने क्रममा उनी टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बसिरहेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : ५८ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते