सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता « Khabarhub

सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका हुन्। बेपत्ता अर्काको पहिचान खुलेको छैन।

ट्याक्टरमा चालकसहित ५ जना सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्। घाइतेहरूको झोतामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : २० बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव