जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने « Khabarhub

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसद्‌द्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बुधबार बताएका छन् ।  

सेप्टेम्बर २७ को आन्तरिक मतदानमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) का प्रमुख  फुमियो किशिदाको उत्तराधिकारीका रूपमा नौ उम्मेदवारहरू मध्ये तीन जना अगाडि सरेका छन् ।  

प्रतिस्पर्धीमध्ये कन्जरभेटिभ आर्थिक सुरक्षामन्त्री साने ताकाइची एलडिपीका पूर्व महासचिव सिगेरु इशिबा र पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमी रहेका छन् ।

कन्जरभेटिभ एलडिपीले दशकौँदेखि संसदमा बहुमतसहित शासन गर्दै आएको छ । संसदीय मामिलाका एलडिपी सांसद यासुकाजु हमादाले विपक्षी समकक्षीलाई नयाँ प्रधानमन्त्री चयन गर्न पार्टीले अक्टोबर –१ मा संसद सत्र बोलाउने योजना बनाएको बताएका छन् ।

विपक्षी पार्टीको स्वीकारोक्तीपछि सरकारले सोमबार औपचारिक रूपमा मिति घोषणा गर्ने जापानी सञ्चारमाध्यमले  जनाएका छन् ।  

सन् २०२१ को अक्टोबरदेखि सत्तासिन किशिदाले मूल्य वृद्धि लगायतका काण्डपछि भएका समीक्षामा आफ्नो सरकारका लागि अनुमोदन मूल्यांकनमा आएको परिणामपछि किशिदाले गत महिना आफूले पदमुक्त हुने घोषणा गरेका थिए ।

चुनावमा एलडिपीका सांसदहरूले मतदान गरेपछि मतहरू पार्टी सदस्य र समर्थकको प्राथमिकताको आधारमा निर्धारण गरिनेछ ।

जापानी सञ्चारमाध्यमले गरेको सर्वेक्षणमा तकाइची, इशिबा र कोइजुमीलाई अगाडि राखेका छन् ।  कोइजुमीले चुनाव जितेमा जापानको सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नु हुनेछ भने एलडिपीको कन्जरभेटिभ मुखर राष्ट्रवादी तकाइची देशको पहिलो महिला नेता बन्नु हुनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ०८ बजे

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र