शेयर बजारमा झिना अंकको गिरावट, कारोबार ५ अर्बमा झर्‍यो  « Khabarhub

शेयर बजारमा झिना अंकको गिरावट, कारोबार ५ अर्बमा झर्‍यो 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अंकले घटेको छ । आज शेयर ०.१५ प्रतिशतले घट्दा २५७६.७६ विन्दुमा पुगेको छ । 

शेयर घट्दा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच भएको छ । आज ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३२० वटा कम्पनीको शेयर ८० हजार ३७८ पटक किनबेच भएको छ । यस्तै  ४ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ भने २ वटा कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

आज १३ वटा समूहमध्ये २ वटा समूह शेयर बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह २.६१ प्रतिशतले घटेर ३ हजार २४.९० विन्दुमा पुगेको छ । आज सबैभन्दा घटी विकास बैंक ०.१२ प्रतिशतले घटेर ५ हजार ८७.५३ विन्दुमा पुगेको छ । साथै होटल एण्ड टुरिजम समूह ०.१२ प्रतिशतले घटेर ६ हजार ४०४.०७ विन्दुमा पुगेको छ । 

त्यस्तै, हाइड्रोपावर समूह ०.१७ प्रतिशतले, लगानी समूह ०.४५ प्रतिशतले, जीवन बीमा ०.३१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८२ प्रतिशतले, लघुवित्त १.०७ प्रतिशतले, म्युचुअल फण्ड ०.८३ प्रतिशतले, अन्य समूह ०.६३ प्रतिशतले र ट्रेडिङ समूह ०.५७ प्रतिशतले घटेको छ । 

आज बैङ्किङ समूह ०.७८ प्रतिशतले बढेर १ हजार ४६२.४२ विन्दुमा पुगेको छ भने निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेर १२ हजार ९५०.६२ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : १८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का