पूर्वमन्त्री शर्मालाई पितृशोक | Khabarhub Khabarhub

पूर्वमन्त्री शर्मालाई पितृशोक


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक परेको छ । उनका बुवा वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका गिरिराजलाई बिहान स्वास्थ्यमा समस्या देखिएपछि बुटवलको गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उनको बुधबार दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । गिरिराजको पार्थिक शरीर दाङको घोराही– १८ मसिनास्थित निवासमा पुर्‍याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

गिरिराजको अन्त्येष्‍टि बिहीबार बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने ज्वाइँ कृष्णध्वज खड्काले जानकारी दिए । गिरिराजको वि.सं १९९७ साल जेठ १५ गते जन्म भएको थियो । 

नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार गिरिराजका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ४० बजे

 पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : शेखर कोइराला

 धनगढी – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै

 भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन् । दुई

सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने

काठमाडौँ– मोटर कम्पनी मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन

मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको छ : मुख्यमन्त्री कार्की

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको