कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ६६ विपक्षमा १५  « Khabarhub

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ६६ विपक्षमा १५ 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारका  मुख्यमन्त्री हिक्मत कुमार कार्कीलेले विश्वासको मत प्राप्त गरेका छन् । दुई तिहाइ मतसहित उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

मत विभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै   नेकपा एस समाजवादीका  जनाले २ जनाले मतदान गरेनन् । 

आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए । यस अघि मुख्यमन्त्री  कार्कीले बैशाख  ३१ गते  विश्वासको मत लिएका थिए। गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन विश्वासको मत लिनुपरेको हो । 

कोसी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन् । नेकपा एमालेका ४० ,नेपाली  कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६ नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक प्रदेश सभा सदस्य छन् । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली  कांग्रेसको सरकार छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ४ : ५८ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय