पत्रकार महासंघको ढोकामै टाँगियो अध्यक्ष र महासचिव हराएको सूचना « Khabarhub

पत्रकार महासंघको ढोकामै टाँगियो अध्यक्ष र महासचिव हराएको सूचना


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको भनी महासङ्घको कार्यालयमा ब्यानर टाँगिएको छ ।

 ‘पत्रकार हराएको सूचना’ लेखिएको ब्यानर सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयको मूल ढोकाबाहिर टाँगिएको हो । 

भदौ २९ गतेदेखि दुवैजना हराएको उल्लेखित ब्यानरमा उनीहरूलाई भेटेमा महासंघमा जानकारी गराइदिन आग्रह गरिएको छ ।

‘२०८१–०५–२९ गते गैर पत्रकारलाई सदस्यता वितरण गरेको दिनदेखि हराएको । भेट्नुहुने महानुभावहरूले आफ्नो नजिकको क्रियाशील पत्रकार वा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ’, ब्यानरमा लेखिएको छ । 

तीनपटक स्थगित भइसकेको महासंघको निर्वाचन असोज १२ गतेका लागि तोकिएको छ । तर, सदस्यता वितरणलाई लिएर विवाद कायमै छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : २८ बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल