समाचार

पत्रकार महासंघको ढोकामै टाँगियो अध्यक्ष र महासचिव हराएको सूचना

By खबरहब

September 18, 2024

काठमाडौं– नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको भनी महासङ्घको कार्यालयमा ब्यानर टाँगिएको छ ।

 ‘पत्रकार हराएको सूचना’ लेखिएको ब्यानर सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयको मूल ढोकाबाहिर टाँगिएको हो । 

भदौ २९ गतेदेखि दुवैजना हराएको उल्लेखित ब्यानरमा उनीहरूलाई भेटेमा महासंघमा जानकारी गराइदिन आग्रह गरिएको छ ।

‘२०८१–०५–२९ गते गैर पत्रकारलाई सदस्यता वितरण गरेको दिनदेखि हराएको । भेट्नुहुने महानुभावहरूले आफ्नो नजिकको क्रियाशील पत्रकार वा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ’, ब्यानरमा लेखिएको छ । 

तीनपटक स्थगित भइसकेको महासंघको निर्वाचन असोज १२ गतेका लागि तोकिएको छ । तर, सदस्यता वितरणलाई लिएर विवाद कायमै छ ।