राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’मा भाग लिन उपप्रमुख डंगोल न्यूयोर्क जाँदै « Khabarhub

राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’मा भाग लिन उपप्रमुख डंगोल न्यूयोर्क जाँदै


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन बुधबार साँझ ६ वजे न्युयोर्क जाँदैछिन् ।

उपप्रमुख डंगोललाई महासभा बैठक अन्तर्गतको ‘समिट अफ द फ्युचर, २०२४’ का लागि काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय र सरकारले युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेको छ ।

महासभाको कार्यक्रम तालिकाअनुसार यही असोज ६ र ७ गते ‘समिट अफ द फ्युचर, २०२४’ कार्यक्रम हुने छ ।

यसले दिगो विकास र सम्बन्धित वित्तपोषणलाई समेट्ने पाँच अध्याय समावेश गरेको छ । ‘शान्ति र सुरक्षा, विज्ञान र प्रविधि, युवा र भाविपुस्ता अनि विश्वव्यापी शासनको रुपान्तरणलाई कार्यक्रमले समेट्ने छ,’ डंगोलको सचिवालयले भनेको छ, ‘विश्वव्यापी युद्धको जटिल अवस्था र यसको असर, कोरोनापछिको मुल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य संकटलगायत विषय महासभामा समेटिने छन् । यिनलाई केन्द्रमा राखेर हुने कार्यक्रममा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले भाग लिनुहुने छ ।’

हालसालै संघीय संसद्ले पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश दिनसक्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेका कारण यो महासभा नेपालका लागि महत्वपूर्ण हुने बताइएको छ ।

‘नेपालको शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्‍याउन यो विधेयकले महतवपूर्ण भूमिका खेल्ने भएकोले सभामार्फत विश्वकै लागि नमूनाका रुपमा प्रस्तुत गर्ने अवसर हुनेछ,’ डंगोलको सचिवालयले भनेको छ।

समिट अफ द फ्यूचर, २०२४ का अतिरिक्त उपप्रमुख डंगोल राष्ट्र संघका साइड एजेन्सीका कार्यक्रममासमेत सहभागी हुने कार्यक्रम छ ।

भदौ २७ गते औपचारिक उद्घाटन भएको महासभा असोज १४ गतेसम्म चल्ने छ । प्रधानमन्त्री ओलीले १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

समिट अफ द फ्यूचर, २०२४ का लागि उपप्रमुख डंगोलसँगै डडेल्धुराका पर्शुराम नगरपालिकाका मेयर भरत जोशी र नेकपा (एमाले)का युवा नेता अब्दुस मियाँले पनि जाँदैछन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : ५२ बजे

राष्ट्रियसभा : जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

काठमाडौं- राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु

कुमारी माजुको आशीर्वाद लिन पुगे धवलशमशेर

काठमाडौं– जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाले कुमारी माजुको

विपिन-मिरुनाको जोडीसँग उपेन्द्र सुब्बा फर्किँदै, ‘बखत्ते’को शुभमुहूर्त

काठमाडौं– ‘जारी’ र ‘जारी २’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका

वडा अधिवेशन रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकताको प्रयास हुन्छ : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शुक्रबारदेखि सुरु हुने वडा अधिवेशन

नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो : अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध