राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’मा भाग लिन उपप्रमुख डंगोल न्यूयोर्क जाँदै « Khabarhub

राष्ट्रसंघको ‘समिट अफ द फ्युचर’मा भाग लिन उपप्रमुख डंगोल न्यूयोर्क जाँदै


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन बुधबार साँझ ६ वजे न्युयोर्क जाँदैछिन् ।

उपप्रमुख डंगोललाई महासभा बैठक अन्तर्गतको ‘समिट अफ द फ्युचर, २०२४’ का लागि काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय र सरकारले युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेको छ ।

महासभाको कार्यक्रम तालिकाअनुसार यही असोज ६ र ७ गते ‘समिट अफ द फ्युचर, २०२४’ कार्यक्रम हुने छ ।

यसले दिगो विकास र सम्बन्धित वित्तपोषणलाई समेट्ने पाँच अध्याय समावेश गरेको छ । ‘शान्ति र सुरक्षा, विज्ञान र प्रविधि, युवा र भाविपुस्ता अनि विश्वव्यापी शासनको रुपान्तरणलाई कार्यक्रमले समेट्ने छ,’ डंगोलको सचिवालयले भनेको छ, ‘विश्वव्यापी युद्धको जटिल अवस्था र यसको असर, कोरोनापछिको मुल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य संकटलगायत विषय महासभामा समेटिने छन् । यिनलाई केन्द्रमा राखेर हुने कार्यक्रममा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले भाग लिनुहुने छ ।’

हालसालै संघीय संसद्ले पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश दिनसक्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेका कारण यो महासभा नेपालका लागि महत्वपूर्ण हुने बताइएको छ ।

‘नेपालको शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्‍याउन यो विधेयकले महतवपूर्ण भूमिका खेल्ने भएकोले सभामार्फत विश्वकै लागि नमूनाका रुपमा प्रस्तुत गर्ने अवसर हुनेछ,’ डंगोलको सचिवालयले भनेको छ।

समिट अफ द फ्यूचर, २०२४ का अतिरिक्त उपप्रमुख डंगोल राष्ट्र संघका साइड एजेन्सीका कार्यक्रममासमेत सहभागी हुने कार्यक्रम छ ।

भदौ २७ गते औपचारिक उद्घाटन भएको महासभा असोज १४ गतेसम्म चल्ने छ । प्रधानमन्त्री ओलीले १० गते महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

समिट अफ द फ्यूचर, २०२४ का लागि उपप्रमुख डंगोलसँगै डडेल्धुराका पर्शुराम नगरपालिकाका मेयर भरत जोशी र नेकपा (एमाले)का युवा नेता अब्दुस मियाँले पनि जाँदैछन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ५ : ५२ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल