धरहरा आंशिक मात्रै सञ्चालनमा ल्याइने, शुल्क प्रतिव्यक्ति ६ सय रुपैयाँ ! | Khabarhub Khabarhub

धरहरा आंशिक मात्रै सञ्चालनमा ल्याइने, शुल्क प्रतिव्यक्ति ६ सय रुपैयाँ !


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलेलाई धरहरा आंशिक मात्रै सञ्चालन हुने बताएका छन् ।

बुधबार धरहरा चढेका मन्त्री सिंहले पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘सुरुमा त अन्तरिम अवधिका लागि मात्रै हो, जति समय बाँकी छ’, उनले भने, ‘धरहरा हेर्नेलाई तलै बस्ने र इच्छा हुनेलाई मात्रै टिकट काटेर माथि चढ्ने व्यवस्था गरिनेछ ।’

उनले धरहरा चढ्न अनलाइनबाट टिकट बुकिङ प्रणाली ल्याइने बताए । उनका अनुसार अनलाइनबाट टिकट बुकिङ गरेर धरहरा चढ्न सकिनेछ । त्यसका लागि प्रतिव्यक्ति ५०० वा ६०० रुपैयाँमा धरहरा चढ्ने व्यवस्था गरिने उपप्रधानमन्त्री सिंहले बताए ।

उनले धरहरा बनेको लामो समय बित्दा पनि सर्वसाधारणले चढ्न नपाएको बताए । ‘अहिले अन्तरिम कालका लागि मात्रै हो, जनताले धरहरा बनेको यत्तिका समय हुँदा पनि चढ्न नपाएको गुनासो गरेका छन्’, उनले भने ।

उनले धरहरालाई पूर्णक्षमता सञ्चालनका लागि काम भइरहेको पनि बताएका छन् ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट ढलेको धरहराको मुख्य भग्नावशेषलाई सुरक्षित राखिने भनिएको थियो । तर धरहराका अवशेषहरू अहिले पनि बेवारिसे जस्तै छन् ।

पुन:र्निर्माण प्राधिकरणले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गरिरहेको छ ।

धरहराबाट देखिएको दृश्य

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ३३ बजे

शेयर बजारमा रौनक, ६ अर्बको कारोबारसहित ५६ अंकले बढ्यो नेप्से 

काठमाडौं- आइतबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आइतबार

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

नेपालगञ्ज– जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

दाङ– अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन्

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

दोधारा चाँदनी–  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा

मारवाडी सेवाबाट खोसियो धर्मशाला, अब पशुपति क्षेत्र विकास कोषले नै चलाउने

काठमाडौं- लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर