स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा : मन्त्री पौडेल « Khabarhub

स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा : मन्त्री पौडेल


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने बताएका छन् ।

ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले २७औँ गणेशमान सिंह स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा भएको बताएका हुन् ।

‘स्वास्थ्य बीमा सबै स्थानीय तहमा लागू गर्ने अभियानमा छौँ, अहिले व्यवस्थापकीय कमजोरीका कारण समस्या देखिएको हो, यसमा सुधार गर्न सकिन्छ, सरकारले स्वास्थ्य सुविधा दिन ३१ अर्ब व्यवस्थापन गरेको छ, स्वास्थ्य बीमा एकद्वार प्रणालीबाट एकीकृत ढङ्गले चलाउन सकिन्छ’, उनले भने ।

मन्त्री पौडेलले अरु देशमा व्यक्तिको योगदानका आधारमा स्वास्थ्य बीमा सञ्चालन हुने गरेको बताए । नेपालमा यसलाई व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट रकम बीमा कोषमा जम्मा गर्नुपर्नेमा जोड दिए। 

रोग लागेपछि उपचारभन्दा रोग नै लाग्न नदिने अवस्था सृजना गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । उनले खाद्यान्न स्वास्थ्यको मुख्य विषय भएकाले निरोगी बनाउने गरी खाने कुरालाई स्वास्थ्यसँग जोड्न सक्नुपर्नेमा जोड दिए। 

अस्पतालले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेको उनको धारणा थियो । उनले देशमा कुनैपनि विषयमा अनुसन्धान नहुने गरेको बताए। मन्त्री पौडेलले गणेशमान सिंह विचारलाई पदसँग नसाट्ने र प्रधानमन्त्री पद समेत त्याग्न सक्ने प्रतिबद्धता भएको व्यक्ति भएको स्मरण गरे। सङ्घर्ष र निष्ठामा गणेशमानको जस्तो उचाइ कसैले प्राप्त गर्न नसक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ८ : ०५ बजे

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी