फाइल फोटो

समाचार

१२ जिल्लाका सीडीओ फेरिए, को कहाँ ? (सूचीसहित)

By खबरहब

September 18, 2024

काठमाडौं – गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ । यस्तै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र १२ जना सहायक प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको छ ।

मन्त्रालयले दाङमा कृष्ण प्रसाद लम्साल, रामेछाप राजु प्रसाद पौडेल, डोल्पामा रोम बहादुर महत, बझाङ ओम प्रसाद भट्टराई, बाजुरा मेघनाथ पाध्यय, मनाङमा मातृका आचार्यलाई सीडीओका रुपमा पठाएको छ ।

त्यस्तै मुगुमा कमल प्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैशी, हुम्लामा नारायण पाण्डे, मुस्ताङमा विष्णु प्रसाद भुसाल र रसुवामा अर्जुन पौडेल सीडीओका रुपमा गएका छन् ।

साथै मन्त्रालयले १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ । जसमा तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल को सरुवा भएको छ ।

यता मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक सीडीयोका रुपमा गएका छन् ।

यस्तो छ सरुवाको सूची