अन्तर्राष्ट्रिय

अनुदान कटौतीको विरोधमा पाकिस्तानमा प्रदर्शन

By खबरहब

September 18, 2024

काठमाडौं – गहुँको पिठोको अभाव र अनुदान कटौतीको विरोधमा पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा विरोध प्रदर्शन भएको छ । गिल्गिट बाल्टिस्तानका शहरमा अवामी कार्यसमितिको आह्वानमा प्रदर्शनको आयोजना गरिएको हो ।

पामिर टाइम्सका अनुसार गहुँको पिठोमा दिइँदै आएको अनुदान कटौती गर्ने सरकारी निर्णयको विरोधमा प्रदर्शनकारीले नाराबाजी गरेका थिए । प्रदर्शनकारीले लामो समयदेखि प्रदर्शन गर्दै आएको भएपनि आफ्ना मागहरु सम्बोधन नभएका जनाएका छन् ।

उनीहरुले आफ्ना मागहरु ठूलो र पूरा गर्नै नसक्ने किसिमको नभएको भन्दै दैनिक जीवनमा अपरिहार्य वस्तुको माग राख्दा समेत सुनुवाइ नभएको जनाएका छन् । प्रदर्शनकारीले प्रान्तमा पिठोको अभाव हुनुका साथै आफूहरु महङ्गीको मारमा परेको गुनासो गरेका छन् ।