बहराइनले निष्कासित गरेका बलोच युवा कराँचीबाट बेपत्ता « Khabarhub

बहराइनले निष्कासित गरेका बलोच युवा कराँचीबाट बेपत्ता


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहराइनले निष्कासित गरेका एक जना बलोच युवा पाकिस्तानबाट बेपत्ता भएका छन् । बहराइनले देशबाट निष्कासित गरेका बलोच युवा असद बलोचलाई जबरजस्ती बेपत्ता पारिएको हो ।

बलोचिस्तान टाइम्सका अनुसार बलोचलाई गत अगस्टमा बहराइनले बिना जानकारी नै देशबाट निष्कासित गरेको थियो ।त्यसपछि उनी संयुक्त अरब इमिरेट्स (यूएई) हुँदै कराँची पुगेका थिए ।

कराँची पुगेलगत्तै उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । त्यसयता उनको अवस्था अज्ञात रहेको पोस्टले जनाएको छ । उनको परिवारले उनको सुरक्षित रिहाइको माग गरेको छ ।

उनले कुनै अपराध गरेको भएपनि उनलाई कानूनी कारवाही हुनुपर्ने परिवारको भनाइ छ । मध्यपूर्वी मुलुकबाट बलोच युवाहरु निष्कासित हुने र पाकिस्तान पुगेपछि बेपत्ता पारिने घटना पछिल्लो समय बढ्दै गएको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ४८ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १