सेमिकण्डक्टरको क्षेत्रमा अमेरिकाले भारतसँग सहकार्य गर्ने « Khabarhub

सेमिकण्डक्टरको क्षेत्रमा अमेरिकाले भारतसँग सहकार्य गर्ने


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेमिकण्डक्टर उत्पादनका लागि थप सम्भावना खोज्न अमेरिकाले भारतसँग सहकार्य गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय सेमिकण्डक्टर प्रणालीको विकास र विविधीकरणका लागि अमेरिकी विदेश मन्त्रालयले भारतीय विद्युतीय एवम् सूचना प्रविधि मन्त्रालयसँग सहकार्य गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय प्रविधि सुरक्षा एवम् नवप्रवर्तन कोषमार्फत् अमेरिकाले भारतसँग यस्तो सहकार्य गर्न लागेको हो । यो कोष सन् २०२२ मा अमेरिकी कंग्रेसको चिप्स विधेयकले स्थापना गरेको थियो ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार यो सहकार्यले थप दिगो, मजबुत र सुरक्षित विश्वव्यापी सेमिकण्डक्टर प्रणाली निर्माण गर्ने अपेक्षा गरिएको छ ।

यो सहकार्यको पहिलो चरणमा हाल भारतमा रहेको सेमिकण्डक्टर प्रणाली, जनशक्ति र पूर्वाधार आवश्यकताको विस्तृत अध्ययन हुने जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ५२ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ