बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध, स्थानीय मारमा | Khabarhub Khabarhub

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध, स्थानीय मारमा


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दमौली– बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ । 

बुद्धसिंह मार्गका दजनौँँ ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो । तर नाल्दीघाटको पहिरा अझैसम्म हटाइएको छैन । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत स्थानमा सडक अवरोध भएको थियो । 

नाल्दीको पहिरा हटाउन पटकपटक माग गरे पनि सुनुवाइ नभएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापाको गुनासो छ ।

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन् । उक्त सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइए पनि प्रगति नभएको थापा बताउँछन्।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट सुँढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।

दमौलीबाट सुडेसम्म करिब दश किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । 

मूल्य अभिवृद्धि करसहित ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। उनका अनुसार उक्त खण्डको कालोपत्र  २०८२ जेठ ३० गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ४९ बजे

प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा

अन्तरिक्षसम्बन्धी नियमहरू सजिलो बनाउन ट्रम्पको आदेश

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्ना पूर्वसल्लाहकार एलन मस्कलाई

रविलाई राखिएको कोठामा प्लाइ हटाएर जाली राखियो 

काठमाडौं– कारागार कार्यालय रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

अत्तरिया– सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले